News
'सडन डेथ'मा नर्थ राधानगर च्याम्पियन
दमक । नर्थ राधानगर फुटबल क्लब, बेलबारी मोरङले सोमबार सम्पन्न दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ ।
चुलाचुली खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा आयोजक चुलाचुली फुटबल क्लबलाई सडन डेथमा हराउँदै नर्थ राधानगरले उपाधिमाथि कब्जा जमाएको हो । यसअघि निर्धारित समयको कडा प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
बिजेता बनेको नर्थ राधानगरले उपाधिसहित नगद २५ हजार हात पारेको छ भने उपविजेता आयोजक चुलाचुलीले १५ हजारमा चित्त बुझाएको छ ।
चुलाचुली फुटबल क्लब, दमक, झापाको आयोजनामा गत पुष २ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर १ का कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा