News 'सडन डेथ'मा नर्थ राधानगर च्याम्पियन
गोलनेपाल

दमक । नर्थ राधानगर फुटबल क्लब, बेलबारी मोरङले सोमबार सम्पन्न दुम्सेली खुला नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

चुलाचुली खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा आयोजक चुलाचुली फुटबल क्लबलाई सडन डेथमा हराउँदै नर्थ राधानगरले उपाधिमाथि कब्जा जमाएको हो । यसअघि निर्धारित समयको कडा प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

बिजेता बनेको नर्थ राधानगरले उपाधिसहित नगद २५ हजार हात पारेको छ भने उपविजेता आयोजक चुलाचुलीले १५ हजारमा चित्त बुझाएको छ ।

चुलाचुली फुटबल क्लब, दमक, झापाको आयोजनामा गत पुष २ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर १ का कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments