शनिश्चरे (झापा) । अर्जुनधारा ८ नम्बर वडाको टिम यहाँ जारी तेस्रो यु-१८ वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै ८ नम्बरले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।
अर्जुनधारा खेलमैदानमा भएको खेलमा ८ नम्बरले २-१ गोलअन्तरमा ७ नम्बरलाई पराजित गरेको हो । अर्जुनधारा ८ का लागि लक्कीराम हेमरमले सुरुवाती गोल गरेका थिए । टिमका लागि अर्पित मगरले अग्रता दोब्बर बनाएका हुन् ।
अर्जुनधारा ७ का लागि सन्देश धिमालले सान्त्वना गोल गरे । ८ नम्बरको एकतर्फी दबाब झेलिरहेको अवस्थामा धिमालले खेलको अन्त्यतिर गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच ८ नम्बरका दिपेश धिमाल भए । उनले नगद पुरस्कार पाए ।
साविक झापा जिल्ला लिग विजेता शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २८ गते सोमबार हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा