News कनकाई नगरपालिका महिला फुटबलको सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । उपाधिको दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

आज भएको पहिलो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका बिक, समिक्षा मगर र पूर्णिमा राईले गोल गरेकी हुन् । स्वस्तिकाले खेलको ५ मिनेटमै गोल गरेर अग्रता दिलाएकी थिइन् । यस्तै, समीक्षाले २०ओँ मिनेटमा गोल गरेर कनकाईको अग्रता दोब्बर बनाइन् ।

समिक्षाले गोल गरेको १ मिनेट नबित्दै पूर्णिमा राईले गोल गरेर ३-० गोलको अन्तर निकालिन् । खेलको ४३ओँ मिनेटमा थप गोल गर्दै पूर्णिमाले व्यक्तिगत दुई गोल गरिन् । उनी प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् ।

Post Comments