News झापाको गोल पोष्टमा अर्जुनधाराको गोल वर्षा
गोलनेपाल

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनलमा झापा गाउँपालिकालाई १६-० ले पराजित गर्दै अर्जुनधारा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा ५-० को अग्रता बनाएको अर्जुनधाराले दोस्रो हाफमा थप ११ गोल गर्दै १६-० को जित दर्ता गरेको हो । खेलको प्लेयर अफ दी म्याच अर्जुनधाराकी कुसुम खतिवडा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् ।

Post Comments