News मेचीनगर नगरपालिका अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा प्रवेश
गोलनेपाल

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको तेस्रो क्वाटर फाइनलमा कमल गाउँपालिकालाई ३-० ले पराजित गर्दै मेचि नगर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

डोमलाल राजवंशी रंगशालामा सम्पन्न खेलमा मेचिनगरको जितका लागि वर्षा ओलीले दुई र नयन राईले एक गोल गरिन । मेचिनगर नगरपालिकाले सेमिफाइनल प्रवेश गर्दै कन्काइ नगरपालिकासंगको भेट पक्का गरेको छ । खेलको प्लेयर अफ दी म्याच मेचिनगरकी वर्षा ओली घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् । 

Post Comments