News उत्कृष्ट जित निकाल्दै देवदह सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । उत्कृष्ट जितका साथ देवदह ब्वाईज, देवदह जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

तेस्रो क्वाटरफाइनलतर्फ देवदहले इभोलुशन क्लब अफ बुटवल, तामनगरलाई ४-२ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

बुटवल-७, दिपनगर स्थित सिद्धेश्वरी मैदानमा भएको खेलमा देवदहका लागि मनिष थारुले दुई गोल गरे भने कप्तान सुरज चौधरी र दिपेन सेन ठकुरीले समान १/१ एक गोल गरे । उता पराजित इभोलुशनका लागि दुवै गोल बिनोद केवटले गरेका थिए ।

 लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।
Post Comments