News
लेबनान र किर्गिस्तानको टिम नेपाल आइपुग्यो
काठमाडौं । यही फागुन ५ गतेदेखि शुरु हुन गईरहेको चारदेशीय महिला च्याम्पियनसिप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिताका लागि लेबनान र किर्गिस्तानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ ।
नेपाल आइपुगेका लेबनान र किर्गिस्तान महिला फुटबल टोलीका सदस्यहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साह लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
स्मरण रहोस, लेबनानले फागुन ५ गते हुने उद्घाटन खेलमै म्यानमारको सामना गर्दैछ । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा किर्गिस्तानले आयोजक नेपालको सामना गर्नेछ ।
प्रतियोगिता अवधिभर दर्शकहरुका लागि टिकटदर सामान्यतर्फ ५०० र विशिष्टतर्फ १००० तोकिएको छ । दर्शकहरुले खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गर्दा सामान्य टिकट खरिदमा १५० रुपैयाँ क्यास ब्याक अफर समेत रहेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)