झापा । पाहुना टोली मोरङको पथरी ११ एफसी झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी स्व लिम्बूनी ठूली स्मृति कप २०८१ को फाइनलमा प्रवेश गरेको छ ।
स्थानीय कैदले प्राकृतिक रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा धुलाबारीको रोलिङ क्लबलाई १-० गोलको साँघुरो जित निकाल्दै पथरी ११ ले फाइनल खेलमा स्थान बनाएको हो ।
पथरी ११ का लागि मिलन चाम्लिङ राईले गरेको गोल नै निर्णायक बन्यो । पथरी ११ का अफ्रिकन खेलाडी अबयोमी प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार ५ सय पाउन सफल भए । उनलाई प्रदेश सांसद चिन्तन पाठक, अर्जुनधारा नगर प्रमुख बलदेव सिंह गोम्देन र प्रायोजक बाबी सुब्बाले पुरस्कार प्रदान गरे ।
जितसँगै पथरी ११ ले झापाको जलथल एफसीसँग फाइनल भेट पक्का गरेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा इलामको रेडहर्ष एफसीलाई पराजित गर्दै जलथलले फाइनलमा स्थान बनाएको थियो ।
वर्षौंअघि भुटानी शरणार्थी शिविरमा बस्दै आएकी लिम्बूनी ठूलीको स्मृतिमा च्यारिटी युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो । लिम्बूनी ठूलीको नामले परिचित आइतमाया सुब्बाको गतवर्ष पुनर्वासका क्रममा अमेरिका गएपछि निधन भएको थियो । उनका छोरा बाबी सुब्बा र परिवारले स्मृति कपका लागि प्रायोजन गरेका हुन् ।
बाबी सुब्बा यतिबेला पुनर्वासका क्रममा अमेरिकामा रहँदै आएका छन् । दिवंगत आमालाई अर्जुनधारा खुदुनाबारीबासीमाझ जिवन्त राख्दै नेपाली फुटबलको विकासमा सानो सहयोग गरेको उनको भनाइ छ । बाबी आफैँ पनि फुटबल खेलाडी र प्रशिक्षकसमेत हुन् ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा