News
भोजपुरको षडानन्दमा प्रथम मेयर कप हुँदै
षडानन्द । युवा तथा खेलकुद संस्था, साङपाङ, भोजपुरको आयोजनामा फागुन १५ गतेदेखि १९ गतेसम्म प्रथम मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
साङपाङ स्थित खगेन्द्र स्मृति खेलमैदानमा हुने प्रतियोगिताको फागुन १४ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३,३३३ रुपैयाँ तोकिएको पनि आयोजकले जानकारी दियो ।
षडानन्द नगरपालिका, भोजपुर मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २२,२२२–२२,२२२ रुपैयाँ प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । त्यसबाहेक विधागतर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा