News स्व. उमा रेश्मी मगर स्मृति सातौं न्यु सृजना कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

करौजिया । रुपन्देहीमा सामाजिक कार्यसँगै खेलकुदमा सक्रिय रहेको न्यु सृजना युवा क्लब, करौजियाको आयोजनामा हुने स्व. उमा रेश्मी मगर स्मृति सातौं न्यु सृजना कपको तयारी पूरा भएको छ ।

आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरी एक कार्यक्रमका बीच प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो । तिलोत्तमा नगरपालिका–१३ स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा फागुन ७ गतेका दिन नव टिकुलीगढ युवा क्लब, टिकुलीगढ र योङ स्टार क्लब, मडाहा भिड्ने छन् । कुल १६ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने फागुन २४ गतेका दिन हुने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,५०० रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले बताए ।

Post Comments