
बेतना युनाइटेड सुनसरीको रामधुनी नगरपालिका ७ पन्चायनमा जारी दोस्रो अल्टिट्युड रनिङकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पन्चायन खेल मैदानमा शनिबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन ए पि एफ पकलीलाई पेनाल्टि सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै बेतना युनाइटेड प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसके पछि नतिजा पेनाल्टि सुटआउट मार्फत निकालिएको थियो । खेलको म्यान अफ दि म्याच बेतना युनाइटेड क्लबका आशिष लावती घोषित हुँदै दुइ हजार पॉच सय सहित ट्रफि प्राप्त गरे ।
फागुन ९ गते देखि सुरू भएको प्रतियोगिता फागुन १७ गते सकिनेछ । दश टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ सहित पन्ध्र तोला चादि जडित रनिङ ट्रफि र उपविजेताले १ लाख ११ हजार १११ सहित ट्रफि प्राप्त गर्नेछ ।
‘समाजको उचाई,जिम्मेवार युवालाई’ भन्ने मुल नाराका साथ नेपाली फुटबलको विकाश तथा युवाहरूलाई खेल प्रतिको उत्प्रेरणा दिलाउँने उद्येस्यका साथ प्रत्येक वर्ष फरक फरक स्थानमा प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले बताउँनु भयो ।