
बिर्तामोड । चारपानै युनाइटेड भेट्रान फुटबल क्लब, बिर्तामोड २, झापाको आयोजनामा यही फागुन १४ गतेदेखि प्रथम चारपानै युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बेलडाँगी स्थित विर अमरसिंह माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा फागुन १४ गतेका दिन उद्घाटन खेलमा दमक लखनपुर भेट्रान एफसी र पूर्वेली भेट्रान एफसी भिड्ने छन् ।
त्यस्तै पहिलो दिन नै हुने दोस्रो खेलमा २ः३० बजे धुलाबारी भेट्रान एफसी र झिलझिले भेट्रान एफसी भिड्ने छन् । कुल १३ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने फागुन २१ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।