सशस्त्र प्रहरीको एपिएफ एफसीलाई रोक्दै भुटानको डागा युनाइटेड एफसी यहाँ जारी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भुटानको जितसँगै सेमी समिकरण पूरा भएको छ । एपिएफलाई ३-२ गोलअन्तरले पराजित गरेर भुटान अन्तिम चारमा पुगेको हो । भुटानका लागि खेमराज भुजेलले दुई गोल गर्दा लाक्पा पाख्रिनको नाममा एक गोल रह्यो ।
यसैगरी, एपिएफका लागि दिपेश धिमाल र कप्तान सुमन श्रेष्ठले गोल गरेका हुन् । खेलको ३४औँ मिनेटमा भुटानका लाक्पा पाख्रिनले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, ३६औँ मिनेटमा खेमराज भुजेलले गोल गरेर भुटानको अग्रता दोब्बर बनाए । उनैले खेलकाे ६३ मिनेटमा गाेल गर्दै अग्रता फराकिलाे बनाएका हुन् । एपिएफका लागि भने दिपेश धिमालले खेलको ५९औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।
खेलको अन्त्यतिर आएर पेनाल्टीमार्फत कप्तान सुमन श्रेष्ठले गोल गरे पनि जितका लागि सम्भव भएन । एपिएफ पहिलो चरणबाटै बाहिरियो । खेलको प्लेयर अफ दी म्याच भुटानका हेमराज भुजेल भए । उनले नगद २१ हजार पाए ।
भोलि मंगलबार आयोजक भद्रपुर ब्लेजर्स एफसी र बंगलादेशको काउरन बाजार प्रगति संघबीच पहिलो समिफाइनल खेल हुनेछ । गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाखसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख पाँच हजार पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार दिइनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा