News मसुरिया एफए र बाघमारा स्पोर्टस सेमिफाइनलमा
गोलनेपाल

सुखड । मसुरिया फुटबल एकेडेमी र बाघमारा स्पोर्टस क्लब यहाँ जारी प्रथम वडा अध्यक्ष कप यु–२० जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दिनको पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलतर्फ मसुरिया एफएले कपिलमुनी युथ क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा मसुरिया एफएका अभिषेक बम म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै दोस्रो खेल तथा चौथो क्वाटरफाइनलतर्फ माघमारा स्पोर्टसले सहयोगी बेलुवा युवा क्लबलाई ४–० को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो । खेलमा बाघमारा स्पोर्टसका प्रवेश सिंजाली म्यान अफ दि म्याच घोषित भए ।

घोडाघोडी क्लब, सुखड, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २३ गतेका दिन हुनेछ ।

Post Comments