News आठौं भूपू सैनिक कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

बुटवल । मोफसल र रुपन्देही जिल्ला कै पुरानो क्लब मध्ये एक भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीको आयोजनामा वार्षिक रुपमा हुँदै आएको भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको आठौं संस्करणको तयारी पूरा भएको छ ।

बुटवल–१३, सालघारी स्थित जवई खेलमैदानमा यही चैत्र २५ देखि बैशाख १ गते (नयाँ वर्ष) सम्म हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा चैत्र २५ गते झरना स्पोर्टस क्लब, कुञ्जलापुर र सिम्रिक युवा क्लब, कालिकानगर भिड्नेछन् ।

कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

क्लबले यसपटक आफ्नो ५०औं वार्षिकोत्सवको अवसर पारे थप विविध सामाजिक, साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गर्ने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए । उनले यसपटक प्रतियोगितलाई थप विशेष र भव्य बनाउने योजना रहेको समेत सुनाए ।

Post Comments