News
कनकाईलाई भोजपुर मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि

टक्सार । रोमाञ्चक नतिजासहित यहाँ सम्पन्न सातौं भोजपुर मेयर कप नकआउट महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ ।
फाइनलमा कनकाईले घरेलु टोली भोजपुरलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो । कनकाईको जितमा मनिता तुमरुक र वर्षा मगरले गोल गरिन् । पराजित भोजपुरका लागि भने सहारा लिम्बुले गोल गरेकी थिईन् ।
विजेता बनेको कनकाईले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता भोजपुरले ५१,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको विशेष सहयोगमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका कुल ६ महिला फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments