News धनलक्ष्मी रनिङ कप: जिरिखिम्ती फाइनलमा प्रवेश
गोलनेपाल

फेदाप । यहाँ जारी रामनवमी मेला तथा धनलक्ष्मी रनिङ कप फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा जिरिखिम्ती युवा क्लब फाइनलमा प्रवेश गरेको छ।

जिरिखिम्तिले मेन्छ्यायेम गाउपालिकालाइ १:० ले हराउदै फाइनलमा प्रवेश गरेको हो ।

जिरिखिम्तिको लागि कप्तान बिसाल काफ्लेले दोस्रो हाफमा गरेको गोल नै खेलको निर्णायक गोल बन्नु पुग्यो। खेलको म्यान अफ म्याच बिसाल काफ्ले भएका थिए ।

आज दुइ सेमिफाइनल खेल हुने तालिका भएतापनि अत्याधिक बर्सा भएकाले अर्को सेमिफाइनल खेल भने भोलि शुक्रबार  बिहान ११ बजे हुने आयोजकले जानकारी दियो ।

Post Comments