काठमाडौं । कफी क्लबको आयोजनामा तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगिताको पुरुषमा ३४ तथा महिलामा १० टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष शैलेश लिम्बूले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताको प्रत्येक खेल १५ मिनेटको हुनेछ ।
पुरुष–महिला दुवैमा पहिलो हुनेले २५ हजार तथा दोश्रो हुनेले १२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने अध्यक्ष लिम्बूले जानकारी गराए । प्रतियोगिताबाट संकलित रकमबाट एक जना विपन्न परिवार वा जेहेन्दार विद्यार्थीलाई ५० हजार आर्थिक सहयोग प्रदान गरिने छ ।
एकदिने प्रतियोगिताका खेलहरु सुनाकोठीस्थित वाखत फुटसलमा खेलाइने छ । कफी क्लब खेलकुद, सामाजिक कार्यलगायतको क्षेत्रमा कृयाशिल संस्था हो ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि