बिर्तामोड । झापाको बिर्तामोडस्थित बिर्तामोड स्पोर्टस सेन्टरमा भएको प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको उपाधि योङ युथ एफसी धरानले जितेको छ ।
आइतबार साँझ भएको फाइनल खेलमा आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ लाई फराकिलो गोलअन्तरले पराजित गर्दै योङ युथ च्याम्पियन बनेको हो । योङ युथले आयोजकलाई ४-२ गोल अन्तरले हराएको हो ।
उपाधिसँगै धरानले नगद एक लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेतामा सीमित आयोजकले नगद ५० हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र मेडल पाए भने उच्च गोलकर्ता र गोलकिपरले नगद पाँच हजार, ट्रफी र मेडल प्राप्त गरेका थिए ।
प्रतियोगिता बिर्तामोड ५ स्थित बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित फुटसल कोर्टमा विजेता तथा उपविजेतालाई सेन्टरका अध्यक्ष सञ्जीव प्रसाईं, सञ्चालक गणेश कटवाल, प्रमुख अतिथि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, ५ का वडा अध्यक्ष रोहित प्रसाईं, ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा लगायतले पुरस्कार वितरण गरेका थिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा