News नेपाली फुटबल लिजेण्ड शाहको निधन
गोलनेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा लिजेण्डरी नेपाली फुटबलर मणि शाहको सोमबार असामयिक निधन भएको छ ।

लिभरको समस्याले पिडित शाहको सोमबार नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई मंगलबार नै अन्तिम संस्कार गरिने चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमले जनाएको छ ।

नेपाली फुटबलमा आफ्नो अमिट छाप छोडेका शाहले नेपाली फुटबलमा विशेष पहिचान बनाएका थिए ।

 

Post Comments