News नेपाली फुटबल टोलीले एसियन गेम्समा सहभागिता जनाउने
गोलनेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले इण्डोनेशियामा हनुे चर्चित तथा प्रतिष्ठित एसियाली खेलकुद (एसियन गेम्स) को १८ औं संस्करणमा सहभागिता जनाउने भएको छ ।

इण्डोनेसियाको राजधानी शहर जर्काता र अर्को ठूलो शहर पलेम्बंगमा आउँदो अगस्त १८ देखि २ सेप्टेम्बरसम्म हुने एसियाको कुम्भ मेलामा नेपाली फुटबल टोलीले पनि सहभागिता जनाउने भएको हो ।

एसियन गेम्समा सहभागिताबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुष्टी गरेका छन् । शेर्पाले नेपाल ओलम्पिक कमिटीमार्फत एसियन गेम्समा सहभागिता जनाउन इन्ट्री दर्ता गरेका हुन् ।

एसियन गेम्सतर्फ फुटबलमा सहभागिता जनाउने देशहरुले यु–२३ खेलाडीहरुलाई मात्र सहभागि गराउन पाउनेछन् । यद्यपि त्यसमध्ये तीन सिनियर खेलाडीले पनि टोलीमा सहभागिता जनाउन सक्नेछन् ।

एन्फाका अनुसार एसियन गेम्सको सहभागिताले नेपाली टोलीलाई आउँदो साफ च्याम्पियनसिपको तयारी गर्न पनि थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिष्ठित साफ च्याम्पियनसिप यहि आउँदो सेप्टेम्बर ४ देखि ११ तारीखसम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुँदैछ ।

Post Comments