Province 1 ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा टेन नवोदयको विजयी सुरुवात
गोपाल काफ्ले

मोरङको पथरीशश्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपको शनिबारको खेलमा टेन नवोदय विजयी भएको छ ।

खेलको ७० औ मिनेट टेन नवोदयका रुपेश केसीले पेनाल्टी मार्फत निर्णायक गोल गर्दै आफ्नो टिमलाई विजयी गराए । खेलको १५ औ मिनेटमा उर्लाबारीका डिफेन्स निरज बस्नेतले टेन नवोदयका बुद्ध चेमजोङ्लाई डिबक्स एरियामा फल गरेपछी पाएको पहिलो पेनाल्टीमा बुद्ध गोल गर्न चुकेका थिए ।

निकै प्रतिस्पद्धात्क खेलमा दुबै टिमले निकै राम्रा अवसरहरु चुकाए । खेलको २१ औ मिनेटमा नवोदयका सनम तामाङले प्रहार गरेको बल गोल पोस्ट्मा लागेर फर्कदा टेन नवोदय गोल गर्नबाट चुकेको थियो । उर्लाबारीका लागि खेलको ५८ औ मिनेटमा राइट हेन्ड साइडबाट सजय धिमालले गरेको शसक्त प्रहारलाई टेन नवोदयका गोल किपर अर्जुन बस्नेतले उत्कृष्ट बचाउ गरेका थिए ।

त्यस्तै खेलको ६७ औ मिनेटमा उर्लाबारीका मन्दिप धिमाल वान भर्सेस वानको अबस्थामा चुक्दा उर्लाबारीले हार ब्यहोर्नु प¥यो । जितका लागि टेन नवोदयले निर्धारित ७० मिनेटको अन्तिममा दोस्रो पेनाल्टी कुर्नु पर्यो । शनिवारको खेलको म्यान अफ दि म्याच टेन नवोदयका रुपेश केसि घोषित हुँदै नगर २ हजार ५ सय रुपैया हात पारे ।

भोलिको खेल बिराटनगर र बेलडाँगीका बिचमा हुने छ ।

प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार रुपैयाँमा प्राप्त गर्ने छन । भुटानी शरणर्थी शिविरका युवाहरुको यूथ फ्रेन्ड्ली सेन्टरको आयोजनामा संचालीत प्रतियोगितामा १४ टिम सहभागी छन ।

भूटानी शरणार्थी शिविरको रङगसालामा जारी प्रतियोगीतामा तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर, अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबको सहयोग रहेको छ ।

Post Comments