Province 1 मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको उद्घाटन खेलमा फेयर फुटबल क्लब धरान बिजयी
गोपाल काफ्ले

मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको उद्घाटन फेयर फुटबल क्लब धरान विजयी भएको छ ।

इष्ट स्टार मधुमल्ला क्लवलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै फेयर फुटबल क्लब धरान विजयी भएको हो । पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेका दुवै टिमले दोश्रो हाफपछि आक्रामक रुपमा मैदानमा उत्रिएका थिए । धरानको जितका लागि मध्यान्तरको १४ औँ मिनेटमा जर्सि नंबर १३ का खेलाडी वर्तमान राईले पहिलो गोल गरेका थिए । मध्यान्तरको २४ औँ मिनेटमा जर्सि नं ९ का खेलाडी साजन राईले गोल थपी २–० को गोलान्तरमा टिमलाई विजयी बनाएका थिए ।

खेलको म्यान अफ द म्याच धरान फुटवल क्लबका बर्तमान राई घोषीत हुँदै नगद २ हजार प्राप्त गरे ।

राईलाई उद्घाटन खेलका विशिष्ट अतिथि वडा नं ८ का वडाध्यक्ष बाबुराम दाहालले पुरस्कृत गरेका थिए । भोलीको खेल तालतलैया फुटबल एकेडेमि इटहरी र थापाचौक मंगलबारे क्लवबिच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार मेडल र ट्रफि हात पार्नेछन भने उपविजेताले नगद २५ हजार, मेडल र ट्रफी हात पार्नेछन् । पथरीशनिश्चरे नगरपालीकाका नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरीएको थियो ।

प्रतियोगिताका लागि वार्ड नं. ८ का जनप्रतिनिधीहरुले दोस्रो पुरस्कार सौजन्य गरेका छन् । प्रतियोगिता आयोजना गर्न साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ ।

Post Comments