श्री हरैचा स्पोट्र्स क्लब फाइनलमा
बेलबारी । स्वर्गीय सन्तमान राई स्मृति खुला नकआउट फुटबल प्रतियोगिता २०८३ को असोज २२ गते को दिन भएको सेमीफाइनल खेलमा श्री हरैचा स्पोट्र्स क्लबले सुन्दर खुर्साने युवा क्लबलाई २–० हराउँदै फाइनल प्रवेश गरेको छ ।
खेलमा पहिलो गोल भने विवेक राईले गरेका थिए भने दोस्रो गोल कमल श्रेष्ठले गरेका थिए । खेलको म्यान अफ द म्याच पदम भट्टराई घोषित भए । उनले २ हजार ८३ रुपैयाँ सहित मेडल प्राप्त गरे ।
Post Comments