
राजारानी । डाँडाबजार फुटबल क्लब, धनकुटा यहाँ जारी अग्नी बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा तालतलैया एकेडेमी, सुनसरलाई टाईब्रेकरमा हराउँदै डाँडाबजार उपाधि नजिक पुगेको हो ।
त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा डाँडाबजारले पछि परेको स्थिति उल्टाउँदै उत्कृष्ट पूनःरागमन गरेको थियो । राजारानी खेलमैदानमा भएको खेलको ७९औं मिनटमा फोफोनाको गोलबाट तालतलैयाले अग्रता लिए पनि त्यसलाई अन्तिम मिनटमा गुमाउन पुग्यो । उता ९०औं मिनटमा बिशाल भण्डारीले डाँडाबजारका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
टाईब्रेकरमा भने डाँडाबजारले तालतलैयालाई ४–२ ले हराउँदै फाइनलमा स्थान पक्का गर्न सफल भएको थियो । खेलमा डाँडाबजारका बिशाल भण्डारी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत बैशाख २७ गते बुधबारको दोस्रो सेमिफाइनल खेल सलहेश युथ क्लब, सिरहा र पथरी फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार पाउनेछ । फाइनल यही बैशाख २८ गतेका दिन हुनेछ ।
- एलएक्स सिटी एफसी १२औं गोरखा रारा गोल्डकपको फाइनलमा
- बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा