Province 2 रवि निर्णायक बन्दा हरिवन बन्यो च्याम्पियन
गोलनेपाल

बटेश्वर । यहाँ सम्पन्न ११औं बन्देवीमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि हरिवन युवा क्लब, सर्लाहीले जितेको छ । फाइनलमा हरिवनले शलहेश युवा क्लब, सिरहालाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो ।

हरिवनको जितमा रवि पासवान नायक रहे । रविले खेलको १५औं र अन्तिमतिर व्यक्तिगत दुई गोल गर्दै फाइनल खेलको निर्णायक गोलकर्ता बने । उता पराजित सलहेशले भने आत्मघाती गोल उपहार पाएको थियो । ४८औं मिनटमा हरिवनका मान बहादुर परियारले आत्मघाती गोल गर्न पुगेका थिए ।

विजेता बनेको हरिवनले उपाधिसहित १ लाख ५० हजार हात पार्यो भने उपविजेता सलहेशले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच हरिवनका रवि पासवान चुनिए ।

उत्कृष्ट गोलरक्षक हरिवन कै शत्रुधन चौधरी घोषित भए भने उत्कृष्ट डिफेन्डर सलहेशका जनक कार्की बने । उत्कृष्ट फरवार्ड सलहेश कै फmोफना चुनिए भने उत्कृष्ट प्रशिक्षक हरिवनका दिपक लामा बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने सलहेशका जनक कार्की घोषित भए ।

बन्देवीमाई युवा क्लब, धनुषाको आयोजना तथा बटेश्वर गाउँपालिकाको मुख्य प्रायोजनमा कार्तिक ८ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments