News शलहेश बन्देवीमाई गोल्डकपको फाइनलमा
गोलनेपाल

बटेश्वर । शलहेश युवा क्लब, सिरहा यहाँ जारी ११औं बन्देवीमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा शलहेशले धरान सिटी फुटबल क्लब, सुनसरीलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

शलहेशको जितमा ५८औं मिनटमा ओम सिंह र ७९औं मिनटमा अजय चौधरीले गोल गर्दै टोलीको जित पक्का गरे । खेलमा शलहेशका ओम सिंह म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद दुई हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत कार्तिक १५ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल हरिवन युवा क्लब, सर्लाही र बिरगंज युनाइटेड, पर्साबीच हुने आयोजकले जानकारी दियो ।

बन्देवीमाई युवा क्लब, बटेश्वर गाउँपालिका–२, सीतापुर, धनुषाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ५० हजार पाउनेछ । फाइनल खेल यहि कार्तिक १७ गतेका दिन हुनेछ ।

Post Comments