Province 3 निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
गोलनेपाल
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनमा रहेको एन्फाले फिफा कै आयोजनामा हुने प्रतियोगितामा सहभागिताका लागि टिम छनौट गर्ने सूचना निकालेको छ ।
 
स्मरण रहोस, फिफाको निलम्बनमा परेपछि फिफाले आयोजना गर्ने खेलकुद तथा अन्य गतिविधीमा निलम्बनमा परेका सदस्य राष्ट्रले सहभागिता जनाउन नपाउने प्रावधान छ ।
 
यस्तो छ एन्फाले निकालेको सूचनाः
 
FIFA U-15 World Cup & Festival (Azerbaijan 2026) का लागि खुला खेलाडी छनोट सूचना
 
Football Unites the World — Give Every Talent a Chance"
(फुटबलले विश्वलाई जोड्छ — हरेक प्रतिभालाई एक अवसर)
 
अजरबैजानमा आयोजना हुने FIFA U-15 World Cup & Festival 2026 मा नेपालले आफ्नो सहभागिता दर्ता गराइसकेको सहर्ष जानकारी गराउदछौ । फिफाको उक्त मुख्य नारालाई आत्मसात् गर्दै नेपाली युवा खेलाडीहरूलाई विश्वमञ्चमा पुर्याउन ४९ जिल्ला र ७ प्रदेशमा खुला खेलाडी छनोट कार्यक्रम निम्न अनुसार सञ्चालन तय गरिएको छ ।
 
छनोट तालिका (Selection Schedule)
जिल्ला हरुको छनोट (४९ जिल्ला): अगस्ट १६ – २५ (साउन 31 देखि भाद्र 9 )
प्रदेश छनोट (७ प्रदेश): अगस्ट २८ – ३० (भाद्र 12-14 )
केन्द्रीय छनोट (काठमाडौँ): सेप्टेम्बर ३ – ६ (भाद्र 18 -21 )
आवश्यक योग्यता तथा कागजातहरू
उमेर: यु-१५ (U-15) उमेर समूहका खेलाडीहरू।
 
कागजातहरू: जन्म दर्ताको सक्कल प्रमाण, पासपोर्ट साइजको फोटो र अभिभावकको नागरिकताको प्रतिलिपि। नेसनल आइडि अनिवार्य (National id )
नोट: इच्छुक खेलाडीहरूले आफ्नो सम्बन्धित जिल्लाफुटबल संघ /प्रदेश फुटबल संघमा सम्पर्क गरी तोकिएको मिति र समयमा खेल पोशाक (Boots & Kit) सहित उपस्थित हुनुहुन अनुरोध छ ।
अखिल नेपाल फुटबल संघ (ANFA)
सातदोबाटो, ललितपुर
 
Post Comments