Province 3
सुपर लिगमा ललितपुरको तेस्रो बराबरी

काठमाडौं । ललितपुर सिटी फुटबल क्लबले जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आइतबार आफ्नो तेस्रो बराबरी खेलेको छ ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा लतिलपुरका प्रवेश कुँवर प्लेयर अफ द म्याच घोषित भए ।
यो बराबरीसँगै ४ खेलबाट ३ अंक मात्र जोडेको ललितपुर लिगतालिकाको छैटौं स्थानमा छ । पुछारमा छ भने २ अंकका साथ एफसी चितवन रहेको छ । उता ललितपुरसँग बराबरी खेलेको पोखरा थन्डर्स भने ५ अंक जोड्दै लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतियोगिता अन्तरगत बैशाख २० गते सोमबारको एक मात्र खेल एफसी चितवन र बिराटनगर सिटी फुटबल क्लबबीच हुने आयोजकले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै