Province 3 नेपालले विश्वकप छनौट खेल्ने खेलस्थलको टुंगो लाग्यो
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट खेलतर्फ नेपालले खेल्न बाँकी रहेको तीन खेलहरु हुने खेलस्थलको टुंगो लागेको छ ।

छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग खेल्न बाँकी छ । खासगरी ती खेलहरु नेपाल मै हुने पक्कापक्की भएको थियो । तर हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ कारण एएफसीले सो खेलहरु तटस्थ मैदानमा खेलाउने निर्णय गरेको थियो ।

जसअन्तरगत एएफसीले घोषणा गरेअनुसार नेपालले आफ्ना बाँकी खेलहरु कुवेतको राजधानी कुवेत सिटीमा रहेको अल कुवेत स्पोर्टस क्लबमा हुने तय भएको छ ।

नेपालले कुवेतको यात्रा तय गर्नुअघि २९ मईका दिन एसियन महारथी इराकसँग उसकै घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । जुन खेलपश्चात नेपाली टोली कुवेततर्फ प्रस्थान गर्ने बताइएको छ ।

स्मरण रहोस, नेपालले जुन ३ तारीखका दिन चाइनिज ताइपेईसँग खेल्दैछ भने जुन ७ तारीखका दिन जोर्डनसँग खेल्नेछ । त्यसैगरी जुन ११ तारीखका दिन बलियो अष्ट्रेलियासँग खेल्ने तय भइसकेको छ ।

Post Comments