
काठमाडौं । एएफसी वुमन्स एसियन कप छनौट खेल्न उज्वेकिस्तान जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सोमबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य पदाधिकारीहरुले महिला फुटबल टोलीको विदाई गरे ।
नेपाली टोली सोमबार नै उज्वेकिस्तानतर्फ प्रस्थान गर्दैछ । छनौट प्रतियोगितातर्फ समूह एफमा परेको नेपालले बलिया टोलीहरु फिलिपिन्स र हङकङसँग खेल्ने कार्यक्रम छ ।
नेपालले आफ्नो पहिलो खेल १८ सेप्टेम्मबरका दिन फिलिपिन्ससँग खेल्नेछ भने २१ सेप्टेम्बरका दिन हङकङसँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलका रुपमा २४ सेप्टेम्बरका दिन हङकङ र फिलिपिन्स भिड्ने छन् । सबै खेलहरु नेपाली समयअनुसार ३ः४५ बजे हुने बताइएको छ ।
उज्वेकिस्तानको तश्केन्ट शहर स्थित जार स्टेडियममा हुने प्रतियोगितामा समूहको शिर्ष स्थानमा रहने टोली आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपका लागि छनौट हुनेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै