
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो केही समय यता राम्रै प्रदर्शन गरिरहेको नेपालको फिफा वरियतामा भने अझै सुधार हुन सकेको छैन । फिफाले बिहीबार निकालेको ताजा वरियतामा नेपाल एक स्थान तल झर्दै १६९औं स्थानमा पुगेको छ ।
भर्खरै सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपमा माथिल्लो वरियताको माल्दिभ्सलाई पनि हरएको नेपाल दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थान मै यथावत छ । त्यस्तै फिफा वरियताको १०६औं स्थानमा रहेको साफ च्याम्पियन भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा कायम छ ।
त्यसैगरी १५६औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ भने १८६औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा छ । भुटान भन्दा एक स्थान तल रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा रहँदा १९७औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ ।
यद्यपि पाकिस्तानले अझै पनि फिफाको कारवाही भोगिरहेको छ । उता फिफा वरियताको २०४औं स्थानमा रहेको श्रीलंका भने दक्षिण एसियातर्फ सातौं स्थान अर्थात् पुछारमा छ ।
शिर्षतामा बेल्जियम
फिफाको विश्व वरियताको शिर्ष स्थानमा युरोपियन पावर हाउस बेल्जियम छ । दोस्रो स्थानमा दक्षिण अमेरिकी महारथी ब्राजील छ भने तेस्रो स्थानमा विश्वविजेता तथा हालै सम्पन्न युएफए नेशन्स लिग जितेको फ्रान्स रहेको छ ।
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने