
काठमाडौं । बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले एभनिर एफसी, क्यामरुन विरुद्ध तेस्रो खेलमा शानदार जित हात पारेको छ ।
एएफसी एसियन कप छनौटका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले त्यसअघि पछिल्ला दुई खेलमा एभनिरसँग लगातार गोलरहित बराबरी खेलेको थियो ।
यद्यपि मंगलबार दर्शक विहीन दशरथ रंगशालामा भएको तेस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले एभनिरमाथि ४–१ को उत्कृष्ट जित निकाल्यो । नेपालका जर्ज प्रिन्स कार्कीले दुई गोल गरे भने मनिष डाँगी र दर्शन गुरुङले थप एक–एक गोल गरेका थिए ।
बन्द प्रशिक्षणमा रहेका सिनियर खेलाडी, व्यवस्थापन र मुख्य प्रशिक्षकबीचको विवादपछि हाल राष्ट्रिय टोलीमा अधिकांश नयाँ र युवा खेलाडीहरु छन् ।
नेपालले थप अभ्यास र प्रशिक्षणका लागि कतार जाने कार्यक्रम पनि छ । त्यहाँ नेपाली टोलीले अफगानिस्तानसँग २५ र २९ मईका दिन दुई मैत्रीपूर्ण म्याच खेल्नेछ ।
एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले आयोजक कुवेत, जोर्डन र इण्डोनेसियासँग खेल्ने तय भईसकेको छ । ८ जुनका लागि नेपालले जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय