Province 3 मोहन बगानसँग हार्यो भारत
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको भारतीय फुटबल टोलीले बुधबार आफ्नो पहिलो अभ्यास म्याचमा हार बेहोरेको छ ।

कोलकाता स्थित साल्ट लेक स्टेडियममा भएको खेलमा भारतले चर्चित इण्डियन सुपर लिग क्लब एटिके मोहन बगानसँग २–१ ले पराजित भएको हो । स्मरण रहोस, मोहन बगान पनि एएफसी कप खेल्ने तयारीमा छ ।

खेलमा मोहन बगानका लागि लिस्टन कोलाको र कियन नासिरीले गोल गरेका थिए । उता पराजित भारतका लागि भने स्टार फरवार्ड सुनिल क्षेत्री गोल गरेका थिए ।

अभ्यास खेल अन्तरगत भारतले आउँदो मंगलबार आइ लिग अल स्टार्ससँग दोस्रो अभ्यास म्याच खेल्नेछ । त्यस्तै २५ मईका दिन जाम्बिया र २८ मईका दिन जोर्डनसँग मैत्रीपूर्ण म्याच खेल्ने कार्यक्रम पनि छ ।

एएफसी एसियन कप छनौटतर्फ समूह डी मा रहेको भारतले हङकङ, अफगानिस्तान र कम्बोडियासँग खेल्ने कार्यक्रम छ । समूह डी का सबै खेलहरु भारतमा हुने छन् । भारतले अन्तिमपटक सन् २०१९ मा एएफसी एसियन कप खेलेको थियो ।

 

Post Comments