Province 3 नेपालले बंगलादेशसँग मैत्रीपूर्ण म्याच खेल्ने
गोलनेपाल

काठमाडौं । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीले दक्षिण एसियाली राष्ट्र बंगलादेशसँग फिफा विन्डोमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । एन्फाका अनुसार आगामी असोज ११ गतेका दिन नेपालले बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का भएको हो ।

यद्यपि सो मैत्रीपूर्ण खेलबारे बंगलादेश फुटबल फेडरेशनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । तर पनि नेपालको यो प्रस्ताव बंगलादेशले स्वीकार गर्ने सम्भावना बलियो छ ।

Post Comments