Province 3 बिरगंज युनाइटेड सेमिफाइनलमा
गोलनेपाल

खैरहनी । बिरगंज युनाइटेड यहाँ जारी प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न पहिलो क्वाटरफाइनलमा बिरगंजले पदमपोखरी युनाइटेड एफसी, हेटौडालाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।

खैरहनी माविको खेलमैदानमा सम्पन्न खेलमा बिरगंजले दुवै गोल दोस्रो हाफमा गर्यो । दोस्रो हाफको २०औं मिनटमा उदित चौधरीले पहिलो गोल गर्दा त्यसको पाँच मिनट लगतै कृपा चौधरीले पेनाल्टीमार्फत दोस्रो गोल थपे र टोलीको जित सुनिश्चित गरे ।

खेलको म्यान अफ द म्याच उदित चौधरी चुनिए । प्रतियोगिता अन्तरगत असोज १० सोमबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक विपन्न उत्थान मञ्च, खैरहनी र भैरव एफसी, बर्दघाटबीच हुने आयोजकले जानकारी दियो ।

विपन्न उत्थान मञ्चको आयोजनामा यहि असोज १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments