Province 3 आयोजक विपन्न उत्थान सेमिफाइनलमा
गोलनेपाल

खैरहनी । आयोजक विपन्न उत्थान मञ्च यहाँ जारी प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा भैरव एफसी, नवलपरासीमाथि ०–१ को साँघुरो जित निकाल्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।

खैरहनी माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलतर्फ पहिलो हाफको ११औं मिनटमा शेखर उप्रेतीले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा आयोजक विपन्न उत्थानका गोलरक्षक अनिष महतो म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत असोज ११ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल एभरेष्ट एफसी, चितवन र सिद्धबाबा एफसी, बारा बीच हुने आयोजकले जानकारी दियो ।

यहि असोज १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments