Province 3 फुटसल एसियन कपः सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । थाइल्याण्डमा जारी एएफसी फुटसल एसियन कपतर्फ आयोजक थाइल्याण्डसँगै ताजिकिस्तान, इरान र उज्वेकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत बुधबार चार क्वाटरफाइनल खेलहरु सम्पन्न भए ।

पहिलो क्वाटरफाइनलमा ताजिकिस्तानले अफगानिस्तानलाई २–१ ले हरायो । दोस्रो क्वाटरफाइनलमा गत संस्करणको उपविजेता इरानले किर्गिस्तानमाथि ६–१ को एकतर्फी जित निकाल्यो । त्यस्तै तेस्रो क्वाटरफाइनलमा आयोजक थाइल्याण्डले इराकलाई ३–२ ले हराउँदा चौथो क्वाटरफाइनलमा उज्वेकिस्तानले भियतनाममाथि २–१ को जित निकाल्यो ।

अब शुक्रबार हुने दुई सेमिफाइनलतर्फ पहिलो सेमिफाइनलमा थाइल्याण्डले ताजिकिस्तानको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा दुई दावेदार टोली उज्वेकिस्तान र इरान भिड्ने छन् ।

Post Comments