Province 3 प्रथम खुला फुटसल बैशाख तेस्रो साता
गोलनेपाल

ललितपुर । हात्तीवन युथ क्लबको आयोजनामा यही बैशाख २२ गतेका दिन प्रथम खुला फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ । हरिशिद्धि, ललितपुर स्थित शेरा फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ ।

साथै टिमदर्ता शुल्क ३५०० तोकिएको छ । शेरा फुटसलको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै विगधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता गरी तीन बिधामा पनि उचित पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments