Province 3
नेपालको बन्द प्रशिक्षण शुरु, मनाङमा पनि अभ्यास गर्ने

काठमाडौं । अर्को महिला अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त रहने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आधिकारिक रुपमा शुरु भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले प्रारम्भिक टोलीमा परेका खेलाडीहरुलाई सहभागि गराई बुधबारदेखि बन्द प्रशिक्षण शुरु गरेका हुन् ।
त्यसबाहेक प्रशिक्षक रोसले खेलाडीहरुको क्षमता, फिटनेस र मानसिक स्वास्थ्य अभिवृद्धि गर्ने उद्देश्यका साथ हाई अल्टिच्युड अभ्यास पनि गराउने भएका छन् । त्यसका लागि पुरुष फुटबल टोली बिहीबार मनाङतर्फ जाँदैछ । टिम नेपालले मुस्ताङमा ६ दिन कडा अभ्यास गर्ने बताइएको छ ।
स्मरण रहोस, नेपालले आउँदो जुन ५ तारीखका दिन हङ्गकङ्गसँग उसकै घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ भने जुन १० तारीखका दिन एएफसी एसियन कप छनौटको खेलतर्फ लाओससँग भिड्ने कार्यक्रम छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने