Province 4 स्याङजामा खुला तथा भेट्रान फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

मालेबगर । स्याङजा मुस्लिम युथ क्लब, स्याङ्जाको आयोजनामा यही माघ १८ देखि २४ गतेसम्म खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

मालेबगर खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । प्रतियोगितामा खुला तथा भेट्रानतर्फ प्रतिस्पर्धा हुने पनि आयोजकले जनाएको छ ।

टिमदर्ताका लागि खुलातर्फ ६ हजार र भेट्रानतर्फ ४५ सय टिमदर्ता शुल्क तोकिएको छ । साथै टिमदर्ता गर्ने अन्तिम मिति यही माघ १७ गतेसम्म रहेको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको खुलातर्फ विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले पनि ३३,३३३ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै भेट्रानतर्फ विजेताले उपाधिसहित नगद २० हजार प्राप्त गर्नेछ ।

 

Post Comments