Province 5 रुपन्देहीमा वी ब्वाईज कप शुरु
सुरज राना मगर

बुटवल । वी ब्वाईज, बुटवल, रुपन्देहीको आयोजनामा सोमबारदेखि प्रथम वी ब्वाईज कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

बुटवल–१०, रामनगर स्थित खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । जहाँ फुलबारी वाईज र संघार समूहले जित हात पारे ।

पहिलो खेलमा फूलबारी गाईजले चरङे युथ क्लबलाई २–१ ले हरायो । फूलबारीको जितमा दुवै गोल शरद क्षेत्रीले गरे । पराजित चरङेका लागि भने सुदिप थापाले गोल गरेका थिए । खेलमा फूलबारीका शरद क्षेत्री म्यान अफ द म्याच चुनिए ।

दोस्रो खेलमा संघार समूहले प्रभास एफसीलाई ४–० को अन्तरले हरायो । संघारको जितमा एलिस बोहराले दुई गोल गर्दा अंकित गुरुङ र बिजय मुसहरले समान एक–एक गोल गरे । खेलमा संघारका एलिस बोहरा म्यान अफ द म्याच घोषित भए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० की महिला जनप्रतिनिधी तथा समाजसेवी यमुना काउचाले गरेकी थिईन् ।

सो अवसरमा वरिष्ठ फुटबल प्रशिक्षक याम प्रसाद गुरुङ, आयोजक क्लबका अध्यक्ष प्रबिन गुरुङ, फुटबल प्रशिक्षक घनश्याम श्रेष्ठ, लखन ब्रदर्श युथ क्लब, बुटवलका अध्यक्ष सुदिप खत्री लगायतको उपस्थिति रहेको थियो ।

आउँदो भाद्र १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २७,७७७ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक हरि रासकोटीले बताए ।

 

Post Comments