ANFA युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने
सुरज राना मगर

बुटवल । युरी एफसी रुपन्देहीमा जारी वी ब्वाईज कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा युरीद्वारा होराईजन इबिएस टाईब्रेकरमा १–० ले पराजित हुन पुग्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा युरीका गोलरक्षक सत्यम श्रेष्ठ प्लेयर अफ द म्याच बने ।

त्यस्तै सोमबार नै हुने भनिएको शिवनगर युवा परिवार र एडरिक एफसीबीचको चौथो क्वाटरफाइनल खेल प्रतिकुल मौसमका बीच स्थगित भएको छ । साथै उक्त खेल भाद्र १६ गते मंगलबार दिनको १२ः३० बजे हुने खेल संयोजक हरी रासकोटीले जानकारी दिए । साथै सोही दिन हुने अन्य दुई सेमिफाइनल खेलहरु निर्धारित समयअनुसार नै हुने आयोजकले जनाएको छ ।

वी ब्वाईज क्लब, बुटवलको आयोजनामा आउँदो भाद्र १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २७,७७७ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक हरि रासकोटीले बताए ।

 

Post Comments