Province 5 न्यु सिर्जना समपुर्ण कपको क्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । न्यु सिर्जना युवा क्लब, करौजिया यहाँ जारी प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ न्यु सिर्जनाले फर्साटिकर युवा क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ न्यु सिर्जनाका लागि विश्वास थापा र नयन थापाले गरे । त्यस्तै उता फर्साटिकरका लागि सुजन दगामी र बलराम न्यौपानेले गोल गरेका थिए ।

टाईब्रेकरमा भने फर्साटिकर निराश बन्यो । खेलमा न्यु सिर्जनाका गोलरक्षक बिष्णु पल्ली मगर म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत असोज ९ गते आइतबारको खेल आयोजक समपुर्ण युवा क्लब, सुपौली र दल्का युवा क्लब, दल्का बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

समपुर्ण युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १७ गतेका दिन हुनेछ ।

Post Comments