Province 5 न्यु हिउचुली समपुर्ण कपको क्वाटरफाइनलमा
सुरज राना मगर

सुपौली । न्यु हिउचुली युवा क्लब, बोहिया यहाँ जारी प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ हिउचुलीले रेसुङा युवा क्लब, दुर्गानगरलाई ६–३ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा सम्पन्न खेलमा हिउचुलीका लागि आशिष महतोले ह्याट्रिक गरे । त्यस्तै हान्जो मगरले दप दुई गोल गर्दा अर्को एक गोल हिमाल थापाले गरे । उता पराजित रेसुङाका लागि तीनै गोल एरोन थापाले गरे । उनले तेस्रो गोल पेनाल्टीमार्फत गरेका थिए । तर पनि रेसुङालाई हारबाट जोगाउन सकेनन् ।

खेलमा हिउचुलीका आशिष महतो म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज ८ गते शनिबारको खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र न्यु सिर्जना युवा क्लब, करौजियाबीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष झविलाल थापाले बताए । फाइनल खेल यहि असोज १७ गतेका दिन हुनेछ ।

Post Comments