Province 7 प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता: महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरीया फाइनलमा प्रवेश
बिकास सिंह महता
महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ अन्तर्गत महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरीयाले आफ्नो फाइनलको यात्रा पक्का गरेको छ।
 
सोमबार भएको पहिलो सेमिफाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरीयाका बिच भएको प्रतिस्पर्धात्मक खेलमा महेन्द्रनगर युनाइटेडले सगरमाथा लाई २-१ गोलको अन्तरले हराउदै आफ्नो फाइनलको यात्रा पक्का गरेको छ । उक्त दिन भएको दोस्रो सेमिफाइनलको खेल एमसिडिसी बेदकोट नगरपालिका वडा न.५ र पिएफए अत्तरीयाका बिचको रोमाञ्चक खेलमा पिएफए अत्तरीयाले एमसिडिसी धरमपुर लाई ४-१ गोलले हराउदै फाइनल प्रवेश गरेको प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताएका छन।

सेमिफाइनलका र फाइनल खेलका लाई म्यान अफ द म्याचको पुरस्कारका लागि सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ द्धारा नगद पाँच -पाँच हजार दिने घोषणा गर्नु भएको छ। जसमा सेमिफाइनलको पहिलो र दोस्रो  खेलको म्यान अफ द म्याच महेन्द्रनगर युनाइटेड निलोका जर्सी नम्बर ३ का करन रावत र पिएफए अत्तरीयाका जर्सी नम्बर ५ का बिजय ठकुरी लाई सुदूरपश्चिम प्रदेश अध्यक्ष श्रेष्ठ द्धारा नगद ५-५ हजार हस्तान्तरण गरिएको छ।
 
खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यहि माघ १२ गते देखि महेन्द्रनगरको खुल्लामञ्चमा आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि क्षेत्रकै सर्वाधिक  धनराशी भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप-२०७७ को उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदी द्धारा गरिएको थियो।
 
प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको  सहभागिता रहेको छ। प्रतियोगितामा चार समुहमा चार÷चार टिम रहि नकाउट आधारमा खेल खेलाइएको र प्रतियोगिता माघ २१ गते फाइनल संगै प्रतियोगिताको समापन हुने छ। च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता हुने टिमले ५० हजार पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले जानकारी दिएको छ।
Post Comments