South Asia
एपीएफ फाइनल नजिक, कराँची सिटीमाथि १–० को जित
काठमाडौँ । नेपाल एपीएफ क्लबले साफ क्लब च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने दिशामा महत्वपूर्ण जित हात पारेको छ। समूह चरणको आफ्नो खेलमा एपीएफले कराँची सिटी एफसीलाई १–० ले पराजित गर्दै फाइनल यात्रालाई सहज बनाएको हो।
खेलको एकमात्र तथा निर्णायक गोल रश्मी कुमारी घिसिङले गरिन्। उनले रेनुका नगरकोटीको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। उक्त गोल नै अन्ततः एपीएफका लागि जित सुनिश्चित गर्ने गोल बन्यो।
यो जितसँगै एपीएफ क्लब अंक तालिकामा मजबुत स्थितिमा पुगेको छ र फाइनल प्रवेशतर्फ एक कदम अगाडि बढेको छ।
यसै प्रतियोगिताअन्तर्गत आज अर्को महत्वपूर्ण खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमी र भारतको इस्ट बंगाल एफसी आमनेसामने हुँदैछन्। उक्त खेल नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ।
Post Comments
Related News
- चौथो ताप्लेजुङ गोल्ड कपका लागि तयारी तीव्र, आयोजक टिम छनोट उपसमिति गठन
- सिरिजङ्गा गोल्डकपको सार्वजनिक सुनुवाइ तथा सहयोगदाता सम्मान सम्पन्न
- चौंथो ताप्लेजुङ गोल्डकप भाद्र १२ देखि १९ गतेसम्म
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा