South Asia
पूर्व क्लब विरुद्ध खेल्दै नयाँ सिजनको शुरुवात गर्दै किरन

काठमाडौं । नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले दिवेही प्रिमियर लिगतर्फ आज टिसी स्पोर्टसको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राती ९ः४५ बजे शुरु हुँदैछ ।
माजिया र टिसी स्पोर्टसबीचको यो खेल लिगमा सिजनको पहिलो खेल समेत हो । डिफेन्डिङ च्याम्पियन समेत रहेको माजिया लगातार दुई सिजन लिग उपाधि जितिसकेको छ ।
उता टिसी स्पोर्टस भने पूर्व लिग विजेता पनि हो । रोचक कुरा त, किरनले टिसी स्पोर्टसका लागि खेल्दै सन् २०१८ मा माल्दिभ्सको शिर्ष लिग जितेका थिए । त्यतिबेला उनी लिग कै उत्कृष्ट गोलरक्षक पनि चुनिएका थिए ।
यद्यपि यस सिजन किरनले माजियाका लागि खेल्ने तय भईसकेका छन् । केही महिना माल्दिभ्स पुगेका उनले माजियाका लागि डेब्यु समेत गरिसकेका छन् ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय