
काठमाडौं । भारतको चर्चित हिरो आई लिग खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले यस सिजन आफ्नो उत्कृष्ट लयलाई कायम राखेको छ ।
लिगतर्फ आफ्नो नवौं खेलमा पञ्जाबले सिजनको छैठौं जित हात पार्यो । त्यो जित हात पार्ने क्रममा पञ्जाबले नेरोकालाई ३–१ ले हरायो र शिर्षताको होडमा आफ्नो दावेदारीतालाई पनि कायम राख्यो ।
पञ्जाबका लागि खेलको १२औं मिनटमा लुका माज्सेनले पहिलो गोल गरे । तीन मिनट लगतै ब्रेण्डन भन्लालरेम्दिकाले त्यो अग्रता दोब्बर पारे । उता ४४औं मिनटमा युमनम सिंहले नेरोका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । खेलको ७७औं मिनटमा कृषानन्द सिंहले पञ्जाबका लागि तेस्रो गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरे ।
यो जितपछि ९ खेलबाट २० अंक जोडेको पञ्जाब दोस्रो स्थानमा छ र शिर्षस्थानको टोली श्रीनिदी डेक्कन भन्दा २ अंकले पछाडी छ । यद्यपि पञ्जाबले एक खेल कम खेलेको छ । उता पराजित नेरोका भने १० खेलबाट ७ अंकका साथ ११औं स्थानमा छ । पञ्जाबले आफ्नो आगामी शनिबार केंक्रेसँग खेल्नेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय