
काठमाडौं । चर्चित भारीय आई लिगमा व्यस्त नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले आफ्नो उत्कृष्ट लय कायम राख्दै शिर्ष स्थानमा बलियो पकड बनाएको छ । लिगको आफ्नो २०औं खेलमा पञ्जाबले बुधबार चर्चिल ब्रदर्श एफसीमाथि ३–१ को प्रभावशाली जित निकाल्यो ।
घरेलु मैदान ताउ देवीलाल फुटबल स्टेडियममा भएको खेलको २७औं मिनटमा लुका माजसेनको गोलबाट पञ्जाबले खेलमा अग्रता बनाएको थियो । ५५औं मिनटमा चेञ्जो ग्याल्सेनले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ८०औं मिनटमा जुआन मेराले तेस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरेका थिए । उता ८४औं मिनटमा मार्टिन चावेजले चर्चिल ब्रदर्शका लागि एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यो जितसँगै २० खेलबाट ४६ अंक जोडेको पञ्जाब शिर्ष स्थानमा छ र दोस्रो स्थानको टोली श्रीनिदी डेक्कनभन्दा ५ अंकले अगाडी पनि छ । उता पराजित चर्चिल ब्रदर्श भने २९ अंकका साथ चौथो स्थानमा छ । पञ्जाबले आफ्नो आगामी खेल शनिबार राजस्थान एफसीसँग खेल्नेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय